अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नयाँ हलमा बैठक बसिरहेको हो।
२०७२ को भूकम्पले क्षतिग्रस्त हल पुन:निर्माण भएपछि यहाँ पहिलोपटक बुधबार मन्त्रिपरिषद्को बैठक बसेको हो।
मंगलबार बस्न नसकेको मन्त्रिपरिषद्को नियमित बैठक अहिले बसिरहेको हो।
87
Shares
प्रतिक्रिया