ad ad

राजनीति


रास्वपा अब रोकिँदैन, देश दुर्गति बनाउनेको भण्डाफोर हुन्छ : सभापति लामिछाने

रास्वपा अब रोकिँदैन, देश दुर्गति बनाउनेको भण्डाफोर हुन्छ : सभापति लामिछाने

नेपालखबर
पुस १४, २०८० शनिबार २०:३१, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश दुर्गति बनाउनेहरूको भण्डाफोर हुने बताएका छन्। शनिबार साँझ सरकारसँग विभिन्न प्रकरणका जवाफ माग गर्दै सभापति लामिछानेले रास्वपा नरोकिने बताएका हुन्। 

‘रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ, हुन्छ,’ उनले लेखेका छन्। 

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड, सुन काण्ड, एनसेल प्रकरण, टेराम्याक्स घोटाला, वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्ड लगायतबारे प्रश्न समेत गरेका छन्। 

साथै, उनले पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई गोली हान्ने? भन्दै प्रश्न गरेका छन्। उनले शनिबार पीडित परिवारसँग कुरा गर्दा विक्षिप्त भइएको पनि उल्लेख गरेका छन्।

‘आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने?,’ सभापति लामिछानेले भनेका छन्। 

आजबाट रास्वपाले देशभर विरोध प्रदर्शनका कार्यक्रम सुरु गरेको बताउँदै सभापति लामिछानेले लेखेका छन्, ‘पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .