नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार अपरान्ह भेटवार्ता भएको छ।
विदेशमन्त्री जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो।
उक्त भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।
‘कार्यसूची अन्तर्गत नै भेटवार्ता भएको हो’, उनले नेपालखबरसँग भने, ‘दुई नेताबीच आपसी हितका विषयमा कुरा भएको छ।’
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बिहीबार बसेको सातौँ बैठकमा सहभागी हुन जयशंकर बिहीवार काठमाडौँ आएका हुन्।
यसअघि बिहीबार बिहानै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा वार्ता गरेका थिए।
त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा एक घण्टा लामो वार्ता गरे।
दुई शीर्ष नेतासँगको भेटवार्तापछि याक एन्ड यती होटलमा संयुक्त आयोगको बैठकमा उनले भाग लिए। त्यसपछि द्वारिकाज पुगेर जयशंकरले ओलीसँग वार्ता गरेका हुन्।
Shares
प्रतिक्रिया