ad ad

राजनीति


सर्लाहीमा एकजनाको मृत्युपछि एमालेको आरोप : सत्तपक्ष नै अराजकता मच्चाउन उत्रियो

सर्लाहीमा एकजनाको मृत्युपछि एमालेको आरोप : सत्तपक्ष नै अराजकता मच्चाउन उत्रियो

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस २०, २०८० शुक्रबार १७:५०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले शुक्रबार सर्लाहीको बरहथावामा सत्तारुढ दलबाटै अराजकता मच्चाउने काम भएको आरोप लगाएको छ।

शुक्रबार दिउँसो च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकपछि पत्रकाहरूसँग कुरा गर्द‌ै एमाले महासचिव शंकर पोखरेलले सत्तापक्षका कारण सर्लाहीका एक युवकको ज्यान जाने अवस्था निम्तिएको बताए। 

पोखरेलले बरहथवाकी मेयर कल्पना कुमारी कटुवालले ५० शय्याको अस्पतालबारे ठोस निर्णय लिन छलफल चलाइरहेक बेला सत्ता पक्ष ढुंगामुढामा उत्रिएको बताए। 
‘मेयरको पहलमा छलफल चलेका बेला सत्ता पक्षका कार्यकर्ताले ढुंगामुढा प्रहार गरे। सत्ता पक्ष आफैं यस्ता अराजक काममा भाग लिनु दु:खद हो’, उनले भने, ‘सामाजिक अराजकता बढाउनमा सत्ता पक्ष नै संलग्न छ। सत्ता पक्षकै अकर्मण्यताका कारण यस्तो भएको हो।’

पोखरेलले जनता र जनप्रतिनिधिले निर्वाध काम गर्न पाउनु पर्ने पनि बताएका छन्। सर्लाहीमा प्रादेशिक अस्पताललाई लिएर भएको विवादछि हिंस्रक झडप हुँदा एक युवकले ज्यान गुमाएका छन्।

प्रदर्शनमा उत्रिएकाहरूले मेयर कटुवालको घरमा आगजनी कोसिस पनि गरेका छन्। उनीहरूले मेयर कटुवालले प्रयोग गर्ने गाडीमा तोडफोड र आगजानी गरिदिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .