ad ad

राजनीति


एमालेले राष्ट्रिय सभाका १९ पदमै उम्मेदवारी दिने, २३ गते नाम टुंग्याउने

एमालेले राष्ट्रिय सभाका १९ पदमै उम्मेदवारी दिने, २३ गते नाम टुंग्याउने

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २०, २०८० शुक्रबार १८:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा सबै १९ सिटमै उम्मेदवारी दिने भएको छ।

शुक्रबार च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी पुस २३ गते राष्ट्रियसभाका १९ वटा सिटमै मनोयन गर्ने गरी निर्णय लिएको महासचिव शंकर पोखरेलले बताए। 

‘सातै प्रदेशबाट प्रत्येक क्लस्टरबाट तीनजनाको नाम सिफारिस गर्न भनेका थियौँ। क्लस्टरवाइज नामबारे आजको बैठकमा छलफल गरेका छौँ’, उनले भने, ‘आजको बैठकमा प्रारम्भिक छलफल गरेका छौँ। क्लस्टरमा पर्ने नपर्ने भन्ने कुराबारे टुंगो गरेर १९ ठाउँमै उम्मेदवार टुंगो गर्छौँ।’

आगामी फागुनमा एमालेबाट निर्वाचित ८ जना राष्ट्रिय सभा सदस्य रिक्त हुँदैछन्। जसमध्ये एमालेले सत्ता गठबन्धनसँग ६ सिट दिन माग गरेको थियो। 

संक्रमणकाली न्यायसम्बन्धी कानुन राष्ट्रिय सहमतिसहित अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेको माग पूरा गर्ने गरी छलफल चलाएका थिए।

कांग्रेससमेत सकारात्मक भएको अवस्थामा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले प्रचण्डले एमालेलाई पनि समेट्ने गरी चलाएको छलफलमा असन्तुष्टि जनाएको छ।

यस्तोमा एमालेले सत्ता गठबन्धनबाट ६ सिट पाउने सम्भावना कमजोर छ। यदि एमाले एक्लै या अन्य साना दलको सहयोगमा निर्वाचनमा गए पनि सबै ८ सिट गुमाउनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .