सरकारले ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीमा गृहमन्त्रालमा कार्यरत सहसचिव तुलसीबहादुर श्रेष्ठलाई पठाउने निर्णय गरेको छ।
गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण सीडीओ रुद्रप्रसाद पण्डितलाई गृहमन्त्रालय तानिएको थियो।
सरकारले एक हप्तापछि पण्डितको ठाउँमा श्रेष्ठलाई जिम्मेवारी दिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
यस्तै जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनाललाई दिइएको छ।
बालकुमारीमा घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो।
162
Shares
प्रतिक्रिया