ad ad

राजनीति


ललितपुर प्रहरी प्रमुखमा एसएसपी खनाल

ललितपुर प्रहरी प्रमुखमा एसएसपी खनाल

नेपालखबर
पुस २०, २०८० शुक्रबार १९:४७, काठमाडौँ

जिल्ला प्रहरी परिसर ललितपुरको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी शेखर खनालले पाएका छन्।

गत शुक्रबार ललितपुरको बालकुमारीमा २ जनाको ज्यान जाने गरी भएको घटनाका कारण एसएसपी सिद्धिविक्रम शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरिएको थियो। उनलाई फिर्ता गर्ने निर्णय भएको एक सातापछि एसएसपी खनाललाई पठाइएको हो।

खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। ललितपुर परिसरकै अप्रेसन कमाण्डर डीएसपी उमेश लम्साललाई निलम्बन गरिएको छ। उनको स्थानमा भने यसअघि सुधीर राईलाई सरुवा गरिसकिएको छ।

घटनाको छानबिनका लागि तत्कालै डीआईजीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो। यस्तै सरकारले न्यायीक छानबिन समिति पनि बनाएको छ।

ईपीएस कोरियन भाषा परीक्षाका लागि आवेदन दिन पाउनु पर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो।

उक्त घटनाका कारण प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र एसएसपी शाहलाई तानिएको थियो। यस्तै ईपीएस शाखा प्रमुखलाई पनि तानिएको थियो। ईपीएस शाखामा पनि शुक्रबार नै कर्मचारी खटाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .