नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आफू राष्ट्रिय सभाको उम्मेदवार हुने स्पष्ट पारेका छन्।
आइतबार साँझ सानेपास्थित पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा आफ्नो नाम राष्ट्रिय सभा सदस्यमा परेको उनले बताए।
‘मेरो नाम राष्ट्रिय सभामा उम्मेदवारको रुपमा हुन्छ’ उनले नेपालखबरसँग भने।
उनी संसदीय बोर्डमा छैनन् तर आफ्नो नाम सिफारिस हुनेमा उनले ढुक्क रहेको संकेत गरे।
२०७९ मंसिरको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देसँग पराजित उनी कोशी प्रदेशको अन्य कोटाबाट राष्ट्रिय सभामा उठ्ने निश्चित भएको छ।
183
Shares
प्रतिक्रिया