ad ad

राजनीति


मतदाता नामावलीमा भेटिएन उम्मेदवारकै नाम, अन्तिममा अर्कैलाई अवसर

मतदाता नामावलीमा भेटिएन उम्मेदवारकै नाम, अन्तिममा अर्कैलाई अवसर

फाइल तस्बिर


नेपालखबर
पुस २३, २०८० सोमबार १६:२६, काठमाडौँ

राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउने क्रममा एकजना उम्मेदवारको नाम मतदाता नामावलीमै भेटिएन।

उम्मेदवारी दिन प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेका नेकपा एमालेका उम्मेदवार अर्जुन सिंह राजपुतको नाम मतदाता नामावलीमै नभेटिएको हो।

मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका सिंहको ठाउँमा एमालेले अर्कालाई अवसर दिएको छ।

उम्मेदवार सिंहको नाम मतदाता नामावलीमा नभएपछि विजाता झालाई एमालेले उम्मेदवार बनाएको छ।

सिंहको नाम मतदाता नामावलीमा नभएपछि झालाई एमालेले उम्मेदवार बनाएको हो।

एमाले मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डलका अनुसार अब महोत्तरीका डा. सिंहको ठाउँमा धनुषाकी झालाई उम्मेदवार बनाइएको छ।

उता पर्साकी उषादेवी थरुनी पनि मधेसमा एमालेकी उम्मेदवार छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .