सत्तारुढ गठबन्धनले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि केन्द्रीय समन्वय समिति गठन गरेको छ।
बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका नेताहरूको बैठकले यस्तो निर्णय गरेको हो।
गठबन्धनले बनाएको समन्वय समितिको संयोजकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक तोकिएका छन्।
त्यसैगरी बैठकले सातै प्रदेशमा निर्वाचन समन्वय समिति बनाउने निर्णय गरेको छ। ७७ वटै जिल्लामा राष्ट्रिय सभा निर्वाचन जिल्ला समन्वय समिति बनाउने निर्णय भएको छ।
60
Shares
प्रतिक्रिया