सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिले करिब एक वर्षपछि पूर्णता पाएका छन्।
प्रदेश सभाको दोस्रो कार्यकालको वर्ष दिनपछि विषयगत समितिले सभापति पाएको हो।
४ वटै समिति सभापतिले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले एक कार्यक्रमकाबीच उनीहरुलाई शपथ ग्रहण गराएका हुन्।
विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीमा माया पन्त निर्विरोध निर्वाचित भएकी थिइन्।
निर्वाचित सभापतिहरुमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा एमाले, चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद हुन।
४ समितिमा ४ जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध निर्वाचित भएका छन्।
आम निर्वाचनपछि २०७९ पुस १८ गते सुदूरपश्चिम प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक भएको थियो।
यसअवधिमा दुई वटा सरकार पाएको सुदूरपश्चिम प्रदेश सभाले एक वर्ष बितिसक्दा पनि भागबण्डा नमिल्दा विषयगत समितिको सभापति चयन गर्ने काम पूरा गर्न सकेको थिएन।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेस, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले एक÷एक समिति सभापति पाएका छन्।
नेकपा माओवादी केन्द्रले ‘विशेष अधिकार’ समितिको नेतृत्व दिने समझदारी भएको नेताहरुले बताएका छन्।
Shares
प्रतिक्रिया