ad ad

राजनीति


राष्ट्रपति पौडेलसँग सार्कका महासचिवको शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग सार्कका महासचिवको शिष्टाचार भेट

नेपालखबर
पुस २५, २०८० बुधबार १७:२०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव गोलम सरवरले शिष्टाचार भेट गरेका छन्।

बुधबार राष्ट्रपति भवनमा भएको भेटका अवसरमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यवद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण रूपमा प्रतिवद्ध रहेको बताए।

राष्ट्रपति पौडेलले अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीको माध्यमबाट सार्कलाई गति दिनेछन् भन्ने आशा व्यक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .