ad ad

राजनीति


राष्ट्रपति निवासमा जुटे सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेता

राष्ट्रपति निवासमा जुटे सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेता

फाइल तस्बिर


नेपालखबर
पुस २७, २०८० शुक्रबार १६:३४, काठमाडौँ

सत्ता साझेदार गठबन्धन र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरू अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा जम्मा भएका छन्। 

राष्ट्रपति निवास शीतल निवासमा अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ।

पृथ्वीनारायण नारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर राष्ट्रपतिले सत्तारुढ र विपक्षी नेताहरूलाई एकठाउँमा जुटाएका हुन्। 

शीर्ष नेताहरूको जमघट भएको शीतल निवासमा एक घण्टादेखि छलफल जारी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .