ad ad

राजनीति


शीर्ष नेतासँग यी तीन विषयमा राष्ट्रपति पौडेलले देखाए चासो

प्रदेशलाई अधिकार दिनेगरी कानुन बनाउन आग्रह
शीर्ष नेतासँग यी तीन विषयमा राष्ट्रपति पौडेलले देखाए चासो

तस्बिर : राष्ट्रपतिको कार्यालय


नेपालखबर
पुस २७, २०८० शुक्रबार १७:४१, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई आग्रह गरेका छन्। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर यस्तो आग्रह गरेका हुन् 

पौडेलले मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। 

उनका अनुसार राष्ट्रपतिले दलहरू मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकार दिने गरी तत्काल कानुनहरू मिलेर बनाउन आग्रह गरेका छन्। 

त्यसैगरी उक्त भेटका क्रममा निमुखाले न्याय पाउने गरी सुशासन कायम गर्न पौडेलले नेताहरुको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए। 

पौडेलले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मेरो तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर विश्वविद्यालय सुधार अभियान थाल्न पनि नेताहरूलाई भनेका छन्। 

राष्ट्रपति पौडेलको ध्यानाकर्षणलाई नेताहरूले सकारात्मक रुपमा लिएको शीतल निवासले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .