नेकपा माओवादी केन्द्रले बनाएको विधान मस्यौदामा कोशी प्रदेशको नाम उल्लेख नगरेको पाइएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाइएको विधान मस्यौदामा कोशीको नामै नराखी प्रदेश नम्बर एक राखिएको छ।
उक्त प्रदेशमा पहिचानवादीले निरन्तर आन्दोलन गरिरहेका छन्। तर गत वर्ष कोशीको पक्षमा माओवादीका प्रदेशसभा सदस्यहरूले पनि मत हालेका थिए।
एमाले, कांग्रेस र माओवादीसहितको समर्थनमा बहुमतले पारित भएको कोशी प्रदेशलाई माओवादीले विधान मस्यौदामा नसमेटेको हो।
75
Shares
प्रतिक्रिया