गाजामा द्वन्द्व सुरु भएको सोमबार सय दिन पूरा भएको छ। यसै सिलसिलामा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले तत्काल युद्धविराम गर्न पुनः आह्वान गरेका छन्।
गाजामा भएका अत्याचार, कब्जा गरिएको वेस्ट बैंकमा बढ्दो हिंसा लगायतले त्यहाँको वित्तीय संकटलाई जटिल बनाउँदै लगेको महासचिवले बताए।
लाल सागर र त्यसभन्दा बाहिर पनि तनाव बढिरहेको भन्दै चाँडै युद्धविराम गर्न उनले आह्वान गरेका छन्।
यसैगरी इजरायल र लेबनानबीचको सम्बन्धमा थप दरार आउन दिनु नहुने महासचिव गुटेरेसले बताएका छन्।
द्वन्द्व सुरु भएको सय दिन भइसकेको र गाजामा मानवीय अवस्था शब्दमा सीमित नरहेको गुटेरेसले बताए।
गाजामा मानवीय सहायताको प्रवाह बढाउन केही काम भए पनि जीवन धान्न आवश्यक हुने वस्तुहरू उचित मात्रामा उपलब्ध हुन नसकेको उनले बताए।
भोकमरीले गाजाका मानिसलाई रोग, कुपोषण र अन्य स्वास्थ्य खतरामा पारेको महासचिव गुटेरेसले बताए।
महासचिव गुटेरेसले हमासले गरेको हिंसालाई कुनै पनि कुराले न्याय दिन नसकिने बताए। -सिन्ह्वा/नान
Shares
प्रतिक्रिया