ad ad

राजनीति


बैंकको पत्र देखाउँदै रविको जवाफ : मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन

बैंकको पत्र देखाउँदै रविको जवाफ : मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ८, २०८० सोमबार १७:६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा कसैले पनि एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएका छन्।

प्राइम बैंकबाट ग्लोबल आईएमई बैंकमा रहेको रविको खातामा सहकारीबाट निकालिएको एक करोड ८० लाख रुपैयाँ जम्मा भएको समाचारलाई लिएर यस्तो स्पष्टीकरण आएको हो। 

‘मेरो खातामा एक करोड ८० लाख आयो भनिएको छ। यो कुराको पुष्टि हुने आधार छैन’, उनले सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, ‘मेरो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएको छैन।’

ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा त्यो परिमाणको चेक रकम जम्मा नभएको पत्र नै दिएको उनले बताएका छन्। 

‘बैंकले मेरो खातामा त्यस परिमाणको रकम चेकमार्फत जम्मा नभएको पत्र दिएको छ’, उनले भने, ‘बैंकबाटै पत्र आइसकेपछि मैले थप प्रष्टीकरण दिइरहनु परेन। बैंकले नै जम्मा नभएको भनिसकेपछि मेरो खातामा रकम आउँदा घण्टी बज्दा थाहा पाएन भनेर प्रश्न गर्नै परेन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .