ad ad

राजनीति


कोसीमा कृष्ण सिटौला हराउने रणनीति बनाउँदै एमाले-राप्रपा, लिङ्देन पनि विराटनगर जाने सम्भावना

कोसीमा कृष्ण सिटौला हराउने रणनीति बनाउँदै एमाले-राप्रपा, लिङ्देन पनि विराटनगर जाने सम्भावना

नेपालखबर
माघ ९, २०८० मंगलबार ११:१३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा ‘कृष्ण सिटौलालाई हराउन’ आफूले कोसी प्रदेशमा नेकपा एमालेसँग मिलेर रणनीति बनाइरहेको दाबी गरेको छ। 

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोसीमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता सिटौलालाई उम्मेदवार बनाइएको छ। जहाँ सोमबार मात्र राप्रपा र एमालेले सहकार्य गर्ने सहमति गरेका छन्। 

सोही सिलसिलामा आज एमाले अध्यक्ष केपी शर्मा ओली विराटनगर जाँदै छन्। यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै त्यसतर्फ जान सम्भावना छ। 

निकट स्रोतका अनुसार एमाले–राप्रपाले कोसीमा गठबन्धनका उम्मेदवार कृष्ण सिटौला हराउने गरी रणनीति बनाउँदै छन्।

‘एउटा बाटोबाट पराजित भएको व्यक्तिलाई अर्को बाटोबाट राज्यको नीति निर्माण तहमा पुर्‍याउनु लोकतन्त्रामाथिको ठूलो घात हो। हामी कोशीमा एमालेसँगको सहकार्य गरेर भए पनि सिटौला हराउन लाग्छौँ। जित्नेगरी रणनीति बन्दै छ’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .