ad ad

राजनीति


गैरआवासीय नेपाली संघको विवाद छानबिनका लागि सरकारले बनायो समिति

गैरआवासीय नेपाली संघको विवाद छानबिनका लागि सरकारले बनायो समिति

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १५:५०, काठमाडौँ

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएआईसीसी) को निर्वाचनबारे देखिएको विवाद छानबिनका लागि सरकारले समिति बनाएको छ।

उक्त निर्वाचनलाई लिएर परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी-निवेदनबारे छानबिन गर्न मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चार सदस्यीय समिति बनाएको हो। 

समितिको संयोजकमा महान्यायाधिवक्ताको कार्यालयका सह-महान्यायाधिवक्ता ध्रुवकुमार चौहान रहेका छन्। 

समितिलाई एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवाद र संघको लेखा तथा काम-कारबाहीबारे छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने म्यान्डेट दिइएको छ।

समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहने छन्। 

एनआरएनए अध्यक्षमा डा. बद्री केसी विजयी भएपछि आरके शर्माले समानान्तर समिति बनाएका छन्।

शर्मालाई गठबन्धन सरकारले साथ दिँदै आएको छ। शर्मा पक्षले केसीमाथि धाँधली आरोप लगाइरहेको छ। यस्तोमा शर्मा पक्षलाई कांग्रेस र माओवादीसहितका नेताहरूले मान्यता दिँदै भेटघाट गरिरहेको सन्दर्भमा समिति बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .