ad ad

राजनीति


धर्मको राजनीति थाल्ने संकेत गर्दै महतोले भने : हाम्रो सभ्यता र संस्कृतिमाथि आक्रमण बढ्यो

धर्मको राजनीति थाल्ने संकेत गर्दै महतोले भने : हाम्रो सभ्यता र संस्कृतिमाथि आक्रमण बढ्यो

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १८:४४, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले धर्मको राजनीति थाल्ने संकेत गरेका छन्।

पछिल्लो समय भारतमा धर्मको राजनीति प्रमुख बन्दै गएका बेला नेपालमा पनि उनले त्यसलाई अघि बढाउने संकेत गरेका हुन्। 

नेपाल सद्भावना पार्टीका संस्थापक गजेन्द्रनारायण सिंहको २२ औँ पुण्य तिथिका अवसरमाा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले नेपालमा पूर्वीय सभ्यता र संस्कृतिमाथि आक्रमण बढ्दै गएको बताए। 

‘कुनै बेला नेपाली कांग्रेस र नेकपा एमालेसहितका नश्लवादीहरूले गजेन्द्र नारायणलाई लखेटेका थिए’, उनले भने, ‘मधेसी र जनजाति मिलेर मात्रै हाम्रो अधिकार अब सम्भव छ। गजेन्द्रनारायणका सपना अधुरा छन्। अधिकार र पहिचानका सवाल बाँकी नै छन्। पहिचान रहे मात्रै मधेसीको नाम र अधिकार मिल्छ।’

उनले मधेसीको पहिचानकै लागि गजेन्द्रनारायणले धोती लगाउने गरेको पनि बताए। 

पछिल्लो समयमा लोसपा अध्यक्ष महन्थ ठाकुरसँग महतोको द्वन्द्व बढिरहेको छ। ठाकुरसँग असन्तुष्ट महतोले नयाँ दल खोल्न छलफल थालिसकेका छन्। यही क्रममा उनी भारत पुगेर पनि आइसकेका छन्। 

‘गजेन्द्रनारायणले पहिचानका लागि संघर्ष गर्नु भयो। हाम्रो नेतृत्वमा मधेसमा आन्दोलन पनि भयो। तर गोली चलाएर संविधान बनाइयो, आन्दोलनलाई बदनाम गरियो’, उनले भने, ‘गजेन्द्रबाबुले अन्तिम आन्दोलन गर्न बाँकी छाडेर जानु भएको थियो। ती सबै कामको पूर्णताका लागि उत्पीडनमा परेका मधेसी र जनजाति मिलेमा देशमा दुईतिहाइ हुन्छ।’

उनले अहिले नेपालको सभ्यता र संस्कृतिमाथि आक्रमण भइरहेको बताए। ‘त्यो पनि हाम्रो एजेन्डा हो। हाम्रो धरतीको सभ्यतालाई आक्रमण हुँदैछ’, उनले भने, ‘हाम्रो वैदिक र सनातन सभ्यतामाथि आक्रमण ठीक होइन। स्वदेशवाद भनेको नै आफ्नो संस्कृति र पहिचानको रक्षा गर्ने हो।’

महतोले अहिले सभ्यता र संस्कृतिको रक्षा, अधिकार र पहिचानको पनि कुरा प्रमुख रहेको बताए। 

‘अब हामी मिल्नुपर्छ। हाम्रो भविष्यको नारा भनेको यो देश एकल होइन। यो देशलाई एकल रुपमा चलाइयो यो मुख्य समस्या हो’, महतोले भने, ‘नेपाल बहुल राष्ट्रिय राज्य हो। मधेसी जनजाति थारु बाहुन क्षत्रीको हो। तर सबैको बनाइएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .