राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भल्कले शिष्टाचार भेट गरेकी छन्।
राष्ट्रपति भवनमा भएको भेटमा नेपाल र अस्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध आपसी हित र चासोका विषयमा कुराकानी भएको शीतल निवासले जनाएको छ।
साथै, सो अवसरमा राष्ट्रपति पौडेलले दक्षिण पूर्वी एशिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा समेत अस्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेकोले नेपाल जस्ता भूपरिवेष्ठित र अल्प विकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने कुरामा विश्वस्त रहेको कुरा बताए।
18
Shares
प्रतिक्रिया