ad ad

राजनीति


बालेन्द्र, हर्क र गोपालले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन

बालेन्द्र, हर्क र गोपालले बहिष्कार गरे राष्ट्रियसभा निर्वाचन

फाइल तस्बिर


नेपालखबर
माघ ११, २०८० बिहिबार १६:३२, काठमाडौँ

राष्ट्रिय सभाको १९ सदस्यका लागि बिहीबार भएको मतदानमा तीनजना स्वतन्त्र जनप्रतिनिधि सहभागी भएनन्। 

२०७९ मा निर्वाचित तीनैजना चर्चित अनुहारहरूले राष्ट्रिय सभाको निर्वाचन बहिष्कार गर्दै मतदान भाग नलिएका हुन्। 

राष्ट्रियसभाको निर्वाचन बहिष्कार गर्नेमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहधरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल रहेका छन्। 

तीनैजनाले कार्यव्यस्ततालाई कारण देखाउँदै मतदान गर्न नगएका हुन्।

काठमाडौंका मेयर बालेन्द्र शाह बिहीबार दिनभर कार्यालयमै व्यस्त थिए।

काठमाडौंकी उपमेयर सुनिता डंगोलले भने हेटौँडा पुगेर मतदान गरेकी छन्।

उता धरानका मेयर साम्पाङ पनि कार्यालयको काममै व्यस्त रहे। 

साम्पाङ उपमहानगरपालिकाकै वडामा आयोजित स्वास्थ्यसम्बन्धी कार्यक्रममा सहभागी थिए। 

धनगढीका मेयर हमाल आफ्नो नगर क्षेत्रभित्र नै भएको निर्वाचनमा पनि भाग लिन गएनन्।

निर्वाचन आयोगले सातै प्रदेशका राजधानीमा प्रदेश निर्वाचन कार्यालय खोलेर निर्वाचन गराएको हो।

आयोगले बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मलाई मतदान समय तोकेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .