कोसी प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला पनि पछि परेका छन्।
अहिले कोसीमा अन्यतर्फको मत गन्दा गठबन्धनबाट कांग्रेस उम्मेदवार सिटौलाको पक्षमा ४५ मत परेको छ।
अहिले स्थानीय तहतर्फको मतगणना भइरहेको छ।
उता एमालेको साथ लिएर उठेका राप्रपा उम्मदेवार उद्धव पौडेलको पक्षमा ४८ जना सांसदले मत दिएका छन्।
यसअघि कोसी प्रदेशमा एमालेकी राष्ट्रिय सभा सदस्य उम्मेदवार कोइरालालाई सत्ता गठबन्धनका तीनजना सांसदले मतदान गरेका थिए।
कोइराला सत्ता गठबन्धनका तीन सांसदसहितको क्रस मत तानेर विजयी भएकी थिइन्।
महिलातर्फकी उम्मेदवार कोइरालाले स्थानीय तहतर्फ गठबन्धका १६ जनाको मत तान्न सफल भएकी थिइन्।
सत्ता गठबन्धनबाट क्रस मत तान्न सफल कोइरालाले राष्ट्रियसभाको यात्रा पक्का गरेकी थिइन्।
उनले सत्ता गठबन्धनका तीनजनाको मत तानेकी थिइन्। मतगणनामा कोइरालालाई ४९ जना सांसदले मत दिए।
कोसीमा एमाले र राप्रपाले गठबन्धन गरेका थिए। कोसी प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ सहित ४६ सांसद थिए।
सत्ता गठबन्धनकी उम्मेदवार चम्पादेवी कार्कीले ४४ जना सांसदको पाइन्। कोसीमा सत्ता गठबन्धनका ४७ जना सांसद छन्।
Shares
प्रतिक्रिया