ad ad

राजनीति


संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्षलाई मान्यो एमाले, उपाध्यक्षलाई मानेन माओवादी!

संसद् सचिवालयले राष्ट्रिय सभा अध्यक्षलाई मान्यो एमाले, उपाध्यक्षलाई मानेन माओवादी!

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार १७:४२, काठमाडौँ

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभामा ५९ सांसद छन्। यसबारे संसद सचिवालयले आधिकारिक जानकारी गराउन वेबसाइटमै सदस्यहरूको वैयक्तिक विवरण राखेको छ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, मनोनीत, स्वतन्त्र र राष्ट्रिय जनमोर्चाका सदस्य छन्।

वेबसाइटका अनुसार, कुल संख्या ५९ छ। तर, दलीय रूपमा गणना गर्दा ५८ जना मात्रै सदस्य पुग्छन्। 

एकपटक वेबसाइटले देखाउने संख्या हेरौँ–

एमालेका १७, माओवादी १४, कांग्रेस १०, एकीकृत समाजवादी ८, जसपा ३, मनोनीत ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १ र स्वतन्त्र १ सदस्यको नाम देखिन्छ। 

तर, यो हिसाबमा एक जना पुग्दैन। यो कसरी भयो त?

यसमा संसद् सचिवालयको गम्भीर र अर्थपूर्ण त्रुटि देखिन्छ।

किनभने, माथिल्लो र स्थायी सदनको रूपमा लिइने राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्षले पद बहाली गरेपछि दलीय आबद्धतासमेत त्यागेको घोषणा गर्छन्।

तर, संघीय संसद्को वेबसाइटमा भने अध्यक्षको दलीय आबद्धता प्रस्ट उल्लेख छ भने उपाध्यक्षको छैन। 

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनालाई संसद् सचिवालयले वेबसाइटमा नेकपा एमालेका सांसदहरूको सूचीअन्तर्गत पहिलो नम्बरमा राखेको छ।

एमालेका १७ जना राष्ट्रिय सभा सदस्यको सूचीको पहिलो नम्बरमा अध्यक्ष तिमिल्सिनाको फोटोसहितको विवरण राखिएको छ।
उनलाई त्यही वेबसाइटमा ‘सम्माननीय अध्यक्ष’ भनेर पनि चिनाइएकै छ।

तर, उपाध्यक्ष उर्मिला अर्यालको भने दलीय आबद्धता संसद्को वेबसाइटमा उल्लेख छैन। 

अर्याल उपाध्यक्ष बन्नुअघि नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेकी हुन्।

माओवादीका १४ जना राष्ट्रिय सभा सदस्यको सूचीमा उनको नाम छैन। 

संसद्को वेबसाइटटमा उनको नाम ‘माननीय उपाध्यक्ष’ भनेर उल्लेख गरिएको छ। उनको दलीय आबद्धताबारे वेबसाइटमा उल्लेख छैन।

अध्यक्षको नाम एमालेका सांसदको सूचीमा समावेश हुनु तर उपाध्यक्षको कुनै दल उल्लेख नगर्नु संसद्को लापरबाही हो वा अन्य केही अर्थ?
प्रतिनिधि सभातर्फ भने सभामुख र उपसभामुख दुवैलाई दलीय आबद्धताबाहिर राखिएको छ।

राष्ट्रिय सभाका सदस्यहरूको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .