सत्तारुढ नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङको राजीनामा स्वीकृत गरेको छ।
समाजवादीको शुक्रबार बसेको सचिवालय बैठकले गुरुङको राजीनामा स्वीकृत गरेको हो।
गुरुङले पार्टी छाडेसँगै समाजवादीले लुम्बिनी प्रदेश कमिटीको नयाँ सचिवमा अशोक कोइरालालाई जिम्मेवारी दिएको छ।
बैठकले लम्बिनी प्रदेश कमिटीका अध्यक्ष सोमप्रसाद पाण्डेलाई रुपन्देही जिल्ला इन्चार्जको जिम्मेवारी पनि दिएको छ।
उता गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए।
बैठकले गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष श्रीनाथ बरालाई अध्यक्षमा मनोनयन गर्ने निर्णय पनि गरेको खतिवडाले जानकारी दिए।
51
Shares
प्रतिक्रिया