बलिउड अभिनेत्री मनीषा कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार प्रहरी र कर्मचारीबीच भएको झगडाले विश्वमा जानसक्ने सन्देशबारे चिन्ता व्यक्त गरेकी छिन्।
शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट नेपाल प्राज्ञिक परिषद्ले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मतभेद र फुटले राम्रो सन्देश नदिने बताइन्।
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपि कोइरालाकी नातीनी समेत रहेकी कोइरालाले यस्ता क्रियाकलापले नेपाल आमाको शिर झुकेको बताइन्।
त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालमाथि विमानस्थलकै प्रहरीले शुक्रबार हातपात गरेका थिए।
‘हाम्रो निकायहरू हेर्नुस् त, हिजो नै एयरपोर्टमा झगडा गरिरहनुभएको छ। यसले विदेशीहरूमा त के सन्देश गएको छ, तर हामीमा पनि हरे के भइरहेको छ भनेर मनमा कस्तो आउँछ?’ उनले प्रश्न गरिन्।
साथै, उनले नेपाल रहेमात्रै नेपाली रहने सम्बोधनको क्रममा बताइन्।
‘यति धेरै मतभेद, फुट। हाम्रो नेताहरूलाई अरु विदेशको नेताहरूसँग उहाँहरुको मन झुकेको, शिर झुकेको छ। उहाँहरूमात्र होइन हामी सबै नेपाली झुकेको हो। नेपाल आमा झुकेको हो,’ उनले भनिन्।
Shares
प्रतिक्रिया