ad ad

राजनीति


पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रचण्ड

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैन : प्रचण्ड

नेपालखबर
माघ १३, २०८० शनिबार १८:३२, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताएका छन्। 

सहिद प्रतिष्ठान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताएका हुन्। 

उनले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकि रहेको र उनीहरूलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिए।

‘मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकि छ भन्ने मेरो ठहर छ। मैले अहिले रातारात अर्को नेता युवाहरू आइहाल्छन्। उनीहरूले सबैलाई लगि हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन। हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु। हामीले एकताको प्रक्रियाद्धारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो। हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भीर छौँ,’ उनले भने।

समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान समेत प्रचण्डले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .