प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ भारत प्रस्थान गरेका छन्।
भारतका प्रधानन्यायाधीश डा.डी वाई चन्द्रहुडको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनी नेपाल वायु सेवा निगमको विमानमार्फत नयाँदिल्ली पुगेका हुन्।
श्रेष्ठ भारतीय सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने बताइएको छ।
प्रधानन्यायाधीश श्रेष्ठका साथमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ र सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि सहभागी छन्।
954
Shares
प्रतिक्रिया