ad ad

राजनीति


व्यवस्था परिवर्तन गर्न रगत बगाएर जेल परेको हुँ, कुखुरा चोरेर होइन : कानुनमन्त्री गुरुङ

व्यवस्था परिवर्तन गर्न रगत बगाएर जेल परेको हुँ, कुखुरा चोरेर होइन : कानुनमन्त्री गुरुङ

फाइल तस्बिर


नेपालखबर
माघ १४, २०८० आइतबार १५:०, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिक व्यवस्था परिवर्तनकै लागि देश र जनताका लागि आफूले रगत बगाएको बताएका छन्।

आइतबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले राजनीतिमा लागेर आफूलाई कमाउ धन्दामा लाग्न नपरेको पनि बताए। 

‘हामीलाई राजनीतिमा लागेर कमाउनु छैन। कमाउने धन्दामा को को लाग्छन् मलाई थाहा छैन। त्यसतर्फ म धेरै भन्दिँन,’ उनले भने, ‘म कानुनमन्त्रीको कार्यभार सम्हालेको बेलासम्म आइपुग्दा पटक पटक कस्टडी पनि परेको हुँ, जेल पनि परेको हुँ, कुखुरा चोरेर परेको होइन।’

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल चलिरहेको छ। उक्त छलफलमा भाग लिँदै सांसदहरूका कुरा सुनिसकेपछि उनले आफ्नो नियतमाथि प्रश्न उठाएकोमा आपत्ति जनाए। 

‘राजनीतिक व्यवस्था परिवर्तन गर्नकै लागि भनेर देश र जनताकै लागि भनेर रगत पनि बगाएँ, जेल पनि परेँ। आज नियतमाथि शंका गरिएको छ,’ मन्त्री गुरुङले भने, ‘कसैको नैतिकतामाथि प्रश्न उठाउन पाइन्छ, सभापति महोदय।’

सांसदहरूले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा–६४ ले राजनीतिक अपराधिकरणलाई संरक्षण गर्ने भन्दै खारेज हुनुपर्ने माग राखेका थिए। 

उक्त ऐनले राजनीतिक दलमा आवद्ध भइसकेपछि हुने हत्या हिंसाका घटनामा प्रसय दिएको भन्दै हटाउनुपर्ने बताएका थिए। बैठकमै केही सांसदले जस्केलाबाट ऐन ल्याउन खोजिएको, कानुनमन्त्रीको बदनियत देखिएको लगायतका आरोप लगाएका थिए। 

उक्त आरोपको खण्डन गर्दै मन्त्री गुरुङले सांसदहरूसँगकै छलपलमा अघि बढ्ने बताए। उनले भने, ‘ यो विधेयक समितिको सम्पत्ति भएको छ। माननीय सदस्यले छलफल गरेर जे गर्न पनि तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .