ad ad

राजनीति


जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

जनतालाई शिरमा राखेर काम गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

नेपालखबर
माघ १५, २०८० सोमबार १८:८, काठमाडौँ

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्यका पदाधिकारी तथा सम्बद्ध सबैले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन्।

नेपालको संविधानले नै राज्यशत्तिको मूल स्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने उपप्रधानमन्त्री खड्काको भनाइ छ।

रक्षामन्त्रीसमेत रहेका खड्काले आज नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि सम्बोधन गर्दै राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि काम गर्न नहुनेमा जोड दिए। 

राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरीलगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आमनागरिकले पनि अपनत्वको भाव देखाउने उनको धारणा थियो। साथै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिकभन्दा ठूलो अरू कोही पनि नभएकाले हरेक क्षेत्रमा काम गर्नेहरूको काम, कर्तव्य र अधिकार फरक-फरक भए पनि आमनागरिकको सम्मान, उन्नति र प्रगति सबैको साझा लक्ष्य हुनुपर्ने विचार पनि राखे।

सैनिक सेवामा प्रवेश गरी प्रशिक्षणमा रहेका अधिकृतहरूलाई सदैव सकारात्मक सोचाइ, सिक्ने अभिरूचि, दृढ इच्छाशक्ति तथा निरन्तर लगावका साथ राष्ट्र सेवामा लाग्न सुझाव पनि उनले दिए।

उनले भने, ‘आफूलाई देशको एक अब्बल र अनुशासित सैनिक अधिकृतको रूपमा स्थापित गर्न तपाईं स्वयंको जिम्मेवारी अरूको भन्दा बढी हुन्छ भन्ने सदैव हेक्का राख्नुपर्दछ। विशेषगरी, तालिममा सिकाइएका सैद्धान्तिक ज्ञानलाई समयसापेक्ष रूपमा व्यवहारमा लागू गर्न सक्ने खुबीको विकास हुनैपर्छ।’ 

निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारीहरू समेत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .