ad ad

राजनीति


ओलीले भने : देशमा उज्यालो युग ल्याउने सहिदहरूको प्रेरणा नभुलौँ

ओलीले भने : देशमा उज्यालो युग ल्याउने सहिदहरूको प्रेरणा नभुलौँ

फाइल तस्बिर


नेपालखबर
माघ १६, २०८० मंगलबार १३:२१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहिद दिवको प्रेरणालाई कसैले भुल्नु नहुने बताएका छन्। 

नेपालमा जहानियाँ राणा शासन अन्त्यको लागि जीवन बलिदान दिने चार महान् सहिदहरूलाई स्मरण गर्दै ओलीले उनीहरूप्रति नमन गरेका हुन्।

सहिद दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले युग परिवर्तन गर्न उनीहरूको ठूलो योगदान रहेको स्मरण गरे।

सहिदहरूले जहानियाँ राणा शासनको अँध्यारोबाट देशलाई उज्यालो युगमा प्रवेश गराएको ओलीले बताएकाभ छन्।

सामाजिक सञ्जाल फेसबुकमा ओलीले देशलाई प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्ने सहिदहरूप्रति नमन गरेका छन्।

‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन, शहीद दिवसको प्रेरणा नभुलौँ, सबैलाई शुभकामना’, ओलीले भनेका छन्। 

 प्रजातन्त्रको माग गर्दै आन्दोलनमा उत्रिएका सहिद शुक्रराज शास्त्रीलाई वि.सं. १९९७ माघ १० गते तत्कालीन राणा शासकले काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा तथा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए।

त्यसैको स्मरणमा हरेक वर्ष सप्ताहव्यापी रूपमा सहिद दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .