ad ad

राजनीति


सीडीओ सरुवा : सिराहामा दाहाल, नुवाकोटमा अधिकारी

सीडीओ सरुवा : सिराहामा दाहाल, नुवाकोटमा अधिकारी

नेपालखबर
माघ १६, २०८० मंगलबार २२:४, काठमाडौँ

गृह मन्त्रालयले दुई जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाउने निर्णय गरेको छ। मिटरब्याज प्रकरणका कारण सिराहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई मन्त्रालय तानेर गृह मन्त्रालयमा कार्यरत बासुदेव दाहाललाई सिराहाको जिम्मेवारी दिइएको छ।

नुवाकोटमा पनि प्रमुख जिल्ला अधिकारी हेरफेर गरिएको छ। उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा कार्यरत सहसचिव रामकृष्ण अधिकारीलाईलाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन्।

सिराहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुलाई पनि प्रहरी प्रधान कार्यालय तान्ने निर्णय भएको छ। तर त्यहाँ कसलाई पठाउने भन्ने निर्णय भइनसकेको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .