ad ad

राजनीति


पूर्वमन्त्री वसन्त नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

पूर्वमन्त्री वसन्त नेम्वाङलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपालखबर
माघ १७, २०८० बुधबार १७:४१, काठमाडौँ

पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको बैठकमा सहभागी हुन पुगेका बेला नेम्वाङ बुधबार बिहान अस्वस्थ भएका थिए।

एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्जसमेत रहेका उनी बैठकमा सहभागी हुन फुङिङ पुगेका थिए। 

नेम्वाङ अचानक बिरामी भएपछि जिल्ला अस्पतालमा उपचार गरिएको थियो। त्यसपछि उनलाई थप उपचारका हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। 

नेम्वाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पनि हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .