प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सिंहदरबार पुगेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई शीर्ष नेताबीच आधा घण्टादेखि भेटवार्ता भइरहेको सिंहदरबार स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।
दलहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) मा सहमति जुटाउने प्रयास भइरहेका बेला सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्षबीच सिंहदरबारमा संवाद भइरहेको हो।
यस्तै आगामी सोमबार संघीय संसदको हिँउदे अधिवेशन पनि सुरु हुँदै छ।
त्यसो त यसबीच माओवादी केन्द्र राष्ट्रिय सभा चुनाव तथा कोसी प्रदेशमा सभामुख चयनमा धोका दिएको भन्दै सत्ता साझेदार नेपाली कांग्रेससँग रुष्ट पनि भइरहेको छ।
राष्ट्रिय सभाको अध्यक्ष पदमा पनि सत्ता गठबन्धनका प्रमुख दल कांग्रेस र माओवादीबीच मतभदे सुरू भएको छ।
Shares
प्रतिक्रिया