ad ad

राजनीति


राहुलको त्याे बाेली जसका कारण काँग्रेसका सयभन्दा बढी नेताले दिए राजीनामा

राहुलको त्याे बाेली जसका कारण काँग्रेसका सयभन्दा बढी नेताले दिए राजीनामा

नेपालखबर
असार १५, २०७६ आइतबार १२:५१,

काँग्रेसका विभिन्न राज्यका नेताहरुले राजीनामा दिइसक्दा केही समययता राजीनामा दिनेको संख्या सयभन्दा बढी पुगेको छ।

राजीनामा दिने सबैभन्दा ठूला नेता राज्यसभा सांसद विवेक तनखा हुन्। उनी पार्टीका कानुन तथा मानवअधिकार इकाइका अध्यक्ष थिए।
विवेक तनखाले पनि ट्वीटमा भनेका छन्,‘पार्टीका सबै पदमा रहेका व्यक्तिले राजीनामा दिनुपर्छ जसले गर्दा राहुल गान्धीले आफ्नो टिम छान्न सकुन्।’

यस अगाडि मध्य प्रदेशका मुख्यमन्त्री कमलनाथले पनि राजीनामा दिने बताएका थिए।

यस अलावा राजीनामा दिनेमा दिल्ली प्रदेश काँग्रेस कमिटीका कार्यकारी अध्यक्ष राजेश लिलौडिया र तेलंगाना प्रदेश काँग्रेस कमिटीका कार्यकारी अध्यक्ष पुनम प्रभावकर पनि छन्।

शनिबार उत्तर प्रदेश काँग्रेस कमिटीका ३५ पदाधिकारीले पनि सामूहिक राजीनामा दिएका थिए।

उनीहरु सबैले पार्टी लोकसभा चुनावमा पराजित हुनुमा आफू जिम्मेवार भएको बताउँदै राजीनामा दिएका हुन्।

कसरी सुरु भयो सिलसिला

लोकसभा निर्वाचनमा काँग्रेस लज्जास्पद रुपमा हारेपछि काँग्रेस कार्यसमिति वैठकमा पार्टी अध्यक्ष राहुल गान्धीले हारको जिम्मेवारी लिँदै राजीनामा दिएका थिए।

यद्यपी उनको राजीनामा समितिले स्वीकार गरेन। यसपछि गान्धीले हालै हरियाणामा भएको पार्टी वैठकमा आफूले हारको जिम्मेवारी लिएर राजीनामा दिएको बताउँदै राज्य इकाइमा कसैले पनि हारको जिम्मेवारी नलिएको, कसैले राजीनामा नदिएको अभिव्यक्ति दिएका थिए।

बीबीसी हिन्दीका अनुसार गान्धीको यस भनाइसँगै त्यहाँ राजीनामा दिनेको लहर चलेको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .