सत्ता साझेदार दल नेपाली कांग्रेसले संघीय सांसद्का १० वटा विषयगत समितिका लागि संयोजक तोकेको छ।
शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले संघीय संसद्का १० वटा विषयगत समितिका लागि संयोजक तोकिएको हो।
त्यस्तै बैठकले माघ २२ बाट बस्ने हिउँदे अधिवेशन अवधिभर सांसदहरूलाई काठमाडौँ नछाड्न निर्देशन दिएको पनि प्रमुख सचेतक रमेश लेखकले बताए।
कांग्रेसले तोकेका संयोजकहरू
अर्थ समिति – रामनाथ अधिकारी
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति-नारायण खड्का
उद्योग वाणिज्य तथा श्रम रोजगार उपभोक्ता हित– रमा कोइराला पौडेल
कानुन न्याय तथा मानवअधिकार-नागिना यादव
कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति-कुशुमदेवी थापा
महिला तथा सामाजिक मामिला-आशा विक
राज्य व्यवस्था सुशासन समिति-दिलेन्द्र प्रसाद बडू
पूर्वाधार विकास समिति-दिनेशकुमार यादव
शिक्षा स्वास्थ्य तथा सूचनाझप्रविधि-लीलादेवी बोखिम
सार्वजनिक लेखा समिति-श्यामकुमार घिमिरे
Shares
प्रतिक्रिया