ad ad

राजनीति


लघुवित्त र सहकारीका समस्या बेवास्ता गरे परिस्थिति विष्फोटक हुन्छ : कमल थापा

लघुवित्त र सहकारीका समस्या बेवास्ता गरे परिस्थिति विष्फोटक हुन्छ : कमल थापा

नेपालखबर
माघ १९, २०८० शुक्रबार २१:४४, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुवित्त सम्बन्धी समस्याको समाधान गर्न सरकार उदासिन भएको बताएका छन्।

राप्रपा नेपालको सहकारी विभागले आयोजना गरेको एक कार्यक्रममा थापाले तत्काल समस्या समाधानको लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने चेतावनी दिए।

समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धराशायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीति अनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र संकटग्रस्त हुँदा सरकारको ध्यान नगएको बताए।

सहकारी र लघुबित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसँग जोडिएको विषयलाई सरकारले हलुका रुपमा लिएकोमा आपत्ति समेत प्रकट गरे।

कार्यक्रममा सहकारी संचालक, सहकारीकर्मी, पीडित पक्षहरूले समस्या र समाधानको उपायका विषयमा आ–आफ्नो धारणा राखेका थिए।

राप्रपा नेपालको सहकारी विभागले कार्यक्रमको निष्कर्ष सहित सरकारलाई ज्ञापनपत्र बुझाउने विभागका प्रमुख राजकुमार खड्काले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .