ad ad

राजनीति


ओलीको कटाक्ष- मैले सुनेको एकजना व्यापारी पक्राउ परे रे, तर अस्पताल पो लगे रे!

ओलीको कटाक्ष- मैले सुनेको एकजना व्यापारी पक्राउ परे रे, तर अस्पताल पो लगे रे!

एमाले संसदीय दलको बैठकमा ओली। तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २०, २०८० शनिबार १३:३६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवसायी अरुण चौधरीलाई हिरासतमा नराखी अस्पताल लगिएकामा टिप्पणी गरेका छन्।

शनिबार सिंहदरबारमा जारी एमाले संसदीय दलको बैठकमा उनले चौधरीको नाम नलिईकन पक्राउ परेका उनीलगायतलाई प्रहरी हिरासतमा नराखी अस्पतालतिर लगिएकामा असन्तुष्टि व्यक्त गरेका हुन्। 

सत्ता पक्षका मानिस भएकै कारण उनीहरूलाई त्यसो गरिएको संकेत उनले गरे। 

‘मैले सुनेको एकजना व्यापारी पक्राउ परे रे’, उनले भने, ‘अनि प्रहरी कार्यालय हुँदै अस्पताल! प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल! कस्तो छ थिति!’

उनले थपे, ‘व्यापारी नै पनि कसैलाई समाउँदा त ८/८ महिना थुन्यो त! पूर्वउपप्रधानमन्त्री भइसकेको मान्छेलाई मुद्दा लगाएर।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .