ad ad

राजनीति


सिके राउतको नजरमा राप्रपा : नवसामन्त र सर्वसत्तावादी

सिके राउतको नजरमा राप्रपा : नवसामन्त र सर्वसत्तावादी

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १७:२६, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई नवसामन्तवाद भएको टिप्पणी गरेका छन्।

आइतबार केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा उनले राप्रपा आफ्नो एजेण्डामा इमान्दार नभएको आरोप लगाएका छन्।

‘राजसंस्था, हिन्दुराष्ट्रको पक्ष लिने, संघीयताको विरोध पनि गर्ने र प्रदेश सरकारमा सहभागी पनि हुने राप्रपाले लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हावी भइरहेको निष्कर्ष निकालेको छ,’ राउतको प्रतिवेदनमा उल्लेख छ, ‘राप्रपा एकातिर संघीयताको विरोध गर्छ, तर, संघीयतामा प्रदेश सभाको निर्वाचनमा पनि उठ्छ, प्रदेश सभाको सरकारमा पनि सामेल हुन्छ र प्रदेशहरुको अभिावक रहेको सभामुख पनि बन्छ। त्यही भएर राप्रपा आफ्नो एजेण्डाप्रति इमान्दार नरहेको र त्यसप्रति झुकाव राख्ने जनतमलाई मात्र क्यास गरेर संसदसम्म पुग्न खोजेको देखिन्छ।’

राउतले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था खारेज गर्न नसकिने प्रष्ट पारेका छन्।

‘तर, नेपालको संविधान र ऐनको व्याख्यामा पनि शासकहरुले आफू अनुकूल हुनेगरी गर्ने भएकोले राप्रपा त्यो संशयको लाभ लिन सक्नेछ,’ प्रतिवेदनमा भनेका छन्, ‘राप्रपाले निकट भविष्यमा आन्दोलन घोषणा गरे अरु समूहले आफ्नो एजेण्डा हाइज्याक गरेकोबाट बढी अभिप्रेरित छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .