ad ad

राजनीति


सीके भन्छन् : रविलाई जेल हाल्ने प्रबल सम्भावना छ

सीके भन्छन् : रविलाई जेल हाल्ने प्रबल सम्भावना छ

नेपालखबर
माघ २२, २०८० सोमबार १७:५१, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जेल हाल्ने प्रबल सम्भावना रहेको बताएका छन्।

केन्द्रीय समितिको बैठकमा राउतले पेश गरेको राजनीतिक प्रतिवेदनमा विभिन्न काण्डले रविको मुद्दा जुनसुकै बेला उठ्न सक्ने उल्लेख गरेका छन्।

उनले प्रतिवेनमा रविको नाम नै उल्लेख गरेर उनी पक्राउ पर्न सक्ने सम्भावना रहेको बताएका हुन्। त्यसका लागि उनले केही घटनाक्रम र तथ्य पनि पेस गरेका छन्।

साथै संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रविबीचको आरोप-प्रत्यारोपले त्यो कुरा पुष्टि गरेको उल्लेख गरेका छन्। 

‘रास्वपाको नेतृत्व पछिल्लो समय समयमा पासपोर्ट काण्ड, अडिओ प्रकरण, सहकारी काण्ड जस्तामा निरन्तर मुछिँदा यसको नेतृत्व पुराना पार्टीको चक्रव्युह र घेरामा परिसकेको अवस्था छ,’ राउतले प्रतिवेदनमा लेखेका छन्, ‘राज्यको वा पुराना पार्टीको विरोधमा गए ती मुद्दाहरुलाई समातेर जतिखेर पनि पक्राउ गर्ने र जेल हाल्ने प्रबल सम्भावना छ, जसका कारणले पनि पछिल्लो समयमा देशका ठूला भ्रष्टाचारका काण्डहरूमा समेत रास्वपा मौनधारण गरेर बस्नुपरेको छ।’

‘नयाँ पात्रबाट, यही व्यवस्थाबाट सुधार हुँदैन नै, न त पुराना पार्टीका नयाँ पात्रहरूबाट नै केही सम्भव छ’ भन्ने स्पोष्टिक्तिमा राउतले उल्लेख गरेका छन्। 

राउतले वैकल्पिक दलका रुपमा रास्वपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई जनताले मत दिएको पनि बताएका छन्।

‘त्यसैले रास्वपा बाध्यात्मक अवस्थामा छ, जनतालाई देखाउनका लागि दुई–चार शब्द बोले पनि ठोस् रुपमा पुराना पार्टी र नेताहरूको विरोधमा जान सक्दैन,’ राउतले प्रतिवेदनमा निष्कर्ष निकालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .