ad ad

राजनीति


घनश्याम भन्छन् : दलहरू नेताको गुटमा परिणत भइसके

घनश्याम भन्छन् : दलहरू नेताको गुटमा परिणत भइसके

फाइल फोटो


नेपालखबर
माघ २३, २०८० मंगलबार १७:४५, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले देशका राजनीतिक पार्टीहरु र नेताहरु सफल भएपनि देश किन असफल भयो भनि प्रश्न गरेका छन्।

मंगलवार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै महासचिव भुसालले राजनीतिक दलहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भएपनि देश भने असफल भइरहेको बताए।

उनले हरेक राजनीतिक दलहरुको दस्ताबेजहरुले आफूलाई सफल भएको दाबी गर्ने गरेको भन्दै दल सफल हुँदा देश चाहिँ किन असफल भएको हो भनि प्रश्न गरे।
उनले नेता र पार्टी सफल हुँदा देश असफल कसरी भइरहेको हो भन्दै प्रश्न गरे।

उनले भने, ‘हरेक राजनीतिक पार्टीले दाबी के गर्छ भने, हामी सफल छौँ। हरेकको केन्द्रीय कमिटी बैठकमा हेर्यौँ भनेदेखि ति पार्टीका डकुमेन्टहरुले भन्छन्, हाम्रो पार्टी सफल छ। ठिक छ। असल नै छ भनेर हरेक राजनीतिक पार्टीको डकुमेन्ट भन्छ। राजनीतिक पार्टी सफल हुने, देश असफल हुने यस्तो कसरी हुन्छ?’

महासचिव भुसालले नेपालका राजनीतिक दलहरु गुटमा परिणत भइसकेको पनि बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र समस्या नभई गणतन्त्रको अभ्यासमा र पात्रहरुमा समस्या भएको बताए।

उनले भने, ‘दल भनेको अब करिव करिव पार्टी नेताहरुको गुटमा परिणत भइसकेका छन्। अनि हरेक पार्टीको औपचारिक कुरा के हो भन्दाखेरी आफ्नो पार्टीको नेता सफल भएकै हुनाले नेता भयो। देशचाहिँ असफल भइराख्ने। नेता चाहिँ सफल भइराख्ने। देशचाहिँ असफल भइराख्ने पार्टीचाहिँ सफल हुने यो अन्तरविरोध कहाँ हो? के हो?’

महासचिव भुसालले देशमा गणतन्त्र आइसक्दा पनि पार्टीहरुले दशकौँ अघिको सिद्धान्त बोकेर हिँडिरहेका भन्दै त्यसले नै गणतन्त्र कार्यान्वयनमा समस्या आइरहेको बताए। दलहरुको पुराना सिद्धान्तका कारण गणतन्त्र राम्रो बाटोमा हिँड्न नसकेको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .