ad ad

राजनीति


आज राष्ट्रियसभाको बैठक पनि बस्दै

आज राष्ट्रियसभाको बैठक पनि बस्दै

नेपालखबर
माघ २४, २०८० बुधबार ८:१३, काठमाडौँ

संघीय संसद अन्तर्गत राष्ट्रियसभको बैठक आज बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेर १ मिनेटमा बैठक सुरु हुने संसद सचिवालयले जनाएको छ। 

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आलेमगरले राष्ट्रियसभा नियमावली २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। 

त्यसैगरी अर्थमन्त्री डा.रामशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

त्यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० सम्बन्धि विधायन व्यवस्थापन समितिको प्रतिवेदन पनि पनि बैठकमा पेस गर्नेछन्। 

त्यसैगरी आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। २०६४ र २०७० को संविधान सभा सदस्य रहेका बुढाथोकीको सोमबार निधन भएको थियो। 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा गुरुङले प्रस्तुत गरेको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।

आजको प्रतिनिधिसभाको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यतालिका पनि तय गरिएको छ। 

त्यसैगरी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ। 

२०६४ र २०७० को संविधान सभा सदस्य रहेका बुढाथोकीको सोमबार निधन भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .