काेसी प्रदेश सरकार शुक्रबार विस्तार भएको छ।
मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारमा सत्ता गठबन्धनका ६ जना सांसदलाई सरकारमा सहभागी गराएका हुन्।
नयाँ मन्त्रीहरूको प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा शुक्रबार साँझ शपथ गराइएको छ।
नयाँ मन्त्रीहरूमा नेपाली कांग्रेसबाट प्रदीपकुमार सुनुवारले स्वास्थ्य मन्त्रालय सम्हालेका छन्।
उता कांग्रेसका सांसद रामकुमार खत्रीले उद्योग कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन्।
कांग्रेसकी सांसद इन्दिरा थापा आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी छन्।
त्यसैगरि कांग्रेसकी अर्की सांसद सुनिता कुमारी गुरूङ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री भएकी छन्।
नेकपा माओवादी केन्द्रबाट राजेन्द्रकुमार कार्कीले सामाजिक विकास मन्त्रालय सम्हालेका छन्।
माओवादीकै अर्का सांसद नारायण बुर्जा मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि प्रदेश सरकारमा कांग्रेसबाट शमशेर राई आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा थिए।
माओवादीका गणेश उप्रेती पर्यटन, वन तथा वातावरण र नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु भाैतिक पूर्वाधार मन्त्री छन्।
Shares
प्रतिक्रिया