नेकपा माओवादी केन्द्रको आइतबारदेखि जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामबारे जानकारी दिइरहेका छन्।
राष्ट्रिय सभागृहमा जारी बैठकमा सोमबार मध्यान्ह प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारले गरेका काम र उपलब्धिबारे जानकारी दिएका हुन्।
सोमबार दोस्रो दिनको बैठक सुरु भएलगत्तै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डले सरकारको काम र अभियानबारे जानकारी दिन बोलेका हुन्।
आइतबारदेखि सुरु बैठकमा माओवादी केन्द्रीय पदाधिकारी तथा सदस्य, प्रदेश कमिटीका पदाधिकारीसहित करिब ८ सय जना सहभागी छन्।
यो बैठकले यसअघि माओवादीले चलाएको तीन महिने विषेश रुपान्तरण अभियान र भावी रणनीति पनि निर्माण गर्ने बताइएको छ।
21
Shares
प्रतिक्रिया