ad ad

राजनीति


टुँडिखेलमा अनुमति नपाएपछि भृकुटीमण्डपमा कार्यक्रम गर्ने भए दुर्गा प्रसाईंले

टुँडिखेलमा अनुमति नपाएपछि भृकुटीमण्डपमा कार्यक्रम गर्ने भए दुर्गा प्रसाईंले

नेपालखबर
माघ २९, २०८० सोमबार १४:०, काठमाडौँ

टुँडिखेलमा अनुमति नपाएपछि दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले फागुन १ गते भृकुटीमण्डपमा आमसभा गर्ने भएको छ। 

गत पुस २१ गते नै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पत्र पठाएर टुँडिखेलमा कार्यक्रम गर्न दिन अनुरोध गरिए पनि त्यहाँ अनुमति नपाएपछि प्रसाईंले भृकुटीमण्डपमा सभा गर्ने भएका हुन्।  

सुरुमा प्रमुख जिल्ला अधिकारीले हुन्छ भनेको तर अहिले आएर त्यहाँ हुँदैन भृकुटीमण्डपमा गर्न भनिएको भन्दै प्रसाईंले असन्तुष्टि जनाएका छन्। 

प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुस २१ गते नै प्रशासन कार्यालयमा पत्र पठाएर फागुन १ गतेको लागि आमसभा गर्न स्थान मागेकोमा हामीलाई टुँडिखेलमा कार्यक्रम गर्नुहोस् भनेर सीडीओले पटकपटक भनेकै हुन्। तर आज आएर टुँडिखेलमा हुन्न, तपाईंहरू भृकुटीमण्डपमा कार्यक्रम गर्नुहोस् भनिँदै छ। टुँडिखेलमा चिनियाँहरूलाई कार्यक्रम गर्न स्थान उपलब्ध गराएका छन्। चिनियाँले कार्यक्रम गर्न स्थान पाउँछन् तर हामी नेपालीले आफ्नै देशमा सभा गर्ने ठाउँसम्म पाउँदैनौँ। यो त अति भएन र?’

यसैले भोलि मंगलबार कार्यक्रम भुकृटीमण्डमा गर्ने जानकारी प्रसाईंले गराएका छन्। उनले उक्त कार्यक्रमलाई ‘नागरिक  मुक्तिको अन्तिम भाग’ भनेका छन्। फागुन १ को कार्यक्रमलाई सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठन गरिएको प्रसाईंले बताएका छन्।

यसअघि प्रसाईंको समूहले गत मंसिर ७ गते बल्खु चोकमा कार्यक्रम गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .