ad ad

राजनीति


प्रदेशमन्त्री, सांसद र मेयरसहित १० जना कांग्रेसको आवास उपसमितिमा थपिए

प्रदेशमन्त्री, सांसद र मेयरसहित १० जना कांग्रेसको आवास उपसमितिमा थपिए

नेपालखबर
फागुन १, २०८० मंगलबार ९:५३, काठमाडौँ

नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ। 

कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो।

नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन छन्। 

यस्तै कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, कोन्जेसोम गाउँपालिकाका उपाध्यक्ष गणेश केसी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .