ad ad

राजनीति


मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमाले सचेतकको माग

मन्त्री ज्वालालाई तत्काल बर्खास्त गर्न एमाले सचेतकको माग

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र एमाले सचेतक महेश बर्ताैला।


नेपालखबर
फागुन ५, २०८० शनिबार ११:१५, काठमाडौँ

बालकुमारी घटनामा जाँचबुझ आयोगद्वारा दोषी ठहर भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई तुरुन्त बर्खास्त गरी कारबाही गर्न नेकपा एमालेका सचेतक महेश बर्ताैलाले सरकारसँग माग गरेका छन्।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली रोजगारीका लागि फर्म भर्न पाउनुपर्ने माग गर्दै युवाहरूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा दुईजनाको मत्यु भएको थियो।

त्यो घटना हुनुमा प्रमुख दोषी यातायात मन्त्री ज्वाला नै भएको निष्कर्ष निकाल्दै जाँचबुझ आयोगले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन बुझाएको छ। 

यसकारण अब मन्त्री ज्वालालाई एक मिनेट पनि पदमा बस्ने अधिकार नभएको एमाले सचेतक बर्ताैलाले बताएका हुन्। 

‘मन्त्री (ज्वाला) कै गम्भीर कमजोरी र लापरबाहीको कारण उक्त दुःखद घटना भएको सरकारी आयोगले नै निष्कर्ष निकालिसकेको अवस्थामा उहाँलाइ एक मिनेट पनि मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट छैन’, एमाले सचेतक बर्ताैलाले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्काल उहाँलाई मन्त्री पदबाट बरखास्त गरिनुपर्छ र प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्छ।’

घटनाका मुख्य दोषी मन्त्रीलाई उन्मुक्ति दिने अनि सुरक्षामा खटिएका सिपाहीहरूलाई मात्रै कारबाहीको दायरामाा ल्याउने प्रयत्न गरियो भने त्यो न्यायोचित र स्वीकार्य नहुने चेतावनी सचेतक बर्ताैलाले सरकारलाई दिएका छन्। 

उनले अगाडि लेखेका छन्, ‘त्यसैले यस सन्दर्भमा अब सम्माननीय प्रधानमन्त्री स्वयम् पनि २४ घन्टे परीक्षामा पर्नुभएको छ, हेरौँ रिजल्ट कस्तो आउँदो रहेछ?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .