ad ad

राजनीति


एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८० मंगलबार ७:५९, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ।

च्यासलस्थित पार्टी कार्यालयमा सुरु हुने बैठक तीन दिनसम्म चल्नेछ।

बैठकमा मध्यपहाडी क्षेत्रको समग्र विकासका लागि दृष्टिकोण तय गर्ने, पार्टीमा प्रवेश गर्ने र अधिवेशनबाट बिदा भएकाहरूको व्यवस्थापन गर्ने र पार्टीको केन्द्रीय कार्यालय भवन बनाउन पार्टी सदस्यबाट न्यूनतम सय रुपैयाँ उठाउने प्रस्तावमा छलफल हुनेछ।

एमाले नेता विष्णु रिजालका अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ।

बैठकमा विशेषत: केन्द्रीय सदस्यहरुले ग्रासरुटबाट ल्याएका विषय नेतृत्वले सुन्नेछ।

नेताहरूका कुरा सुनेपछि मात्र पार्टी नेतृत्वले सुझावसहितको निष्कर्ष निकाल्ने एमाले केन्द्रीय सदस्य रिजालले नेपालखबरलाई जानकारी दिए।

यसअघि यही फागुन ३ गते एमालेको सचिवालय बैठक बसेको थियो। सोही बैठकले केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .