ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा प्रतिवेदन प्रस्तुति जारी छ।
अहिले उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरिरहेका छन्। यसअघि आर्थिक प्रतिवेदन नेता श्याम घिमिरेले प्रस्तुत गरिसकेका छत्तन्।
सोमबार उद्घाटनसँगै सकिएको महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु भइसकेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
अहिले गोदावरीको सनराइज हलमा उपसभापति पुर्णबहादुर खड्का नीतिसम्बन्धी प्रतिवेदन वाचन गरिरहेका छन्
तर नेता डा. शेखर कोइराला पनि अहिले हलमा प्रतिवेदन नसुनी कार्यकर्तामाझ छन्। उनी हलभन्दा सय मिटरमाथि कार्यकर्तासँग सेल्फी खिच्दै बसिरहेका छन्।
नेताहरू डा. चन्द्र भण्डारी, डा. मिनेन्द्र रिजाल, कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की, सह-महामन्त्री बद्री पान्डे लगायत नेता बाहिर कार्यकर्तमाझ छन्।
प्रतिवेदन सुन्नेको संख्या हलमा थोरै छ भने नेता कार्यकर्ता हलबाहिर धेरै छन्।
Shares
प्रतिक्रिया