ad ad

राजनीति


महासमितिबाहिरका कार्यकर्ताले बोलेपछि कांग्रेस बैठकमा लफडा

महासमितिबाहिरका कार्यकर्ताले बोलेपछि कांग्रेस बैठकमा लफडा

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०८० बिहिबार १२:३५, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकमा महासमिति बैठकमा सदस्य नभएका व्यक्तिले प्रतिवदेनका छलफलमा भाग लिएपछि विवाद भएको छ।

बागमती र गण्डकी समूहमा भइरहेको छलफलमा स्याङ्जाका मेखलाल श्रेष्ठलाई बोल्न दिइएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका हुन् ।

 गण्डकीका उपसभापति समेत रहेका श्रेष्ठ प्रदेशका पूर्वमन्त्री समेत हुन्।

बिहीबार बोल्ने प्रतिनिधिमा उनलाई पनि समय दिइएको थियो। तर, उनी महासमिति सदस्य नभएको गोरखाका पार्टी सभापति नन्दु न्यौपानेले जानकारी दिए। 

‘महाधिवेशन प्रतिनिधिले बोल्न पाएका छैनन् । प्रतिनिधि नै नभएका व्यक्तिलाई बोल्न समय दिइयो,’ न्यौपानेले भने, 'विधि मिच्ने काम भएकाले प्रतिनिधिहरूले विरोध गरेका हुन्।'

चार समूहमा बुधबारदेखि प्रतिवेदन माथि प्रतिनिधिहरुले सुझाव राखिरहेका छन्। 

बागमती र गण्डकी समूहको नेतृत्वमा सहमहामन्त्री महेन्द्र यादव छन् । प्रदेशको समन्वय बागमतीबाट इन्द्रबहादुर बानियाँ  र गण्डकीबाट प्रदेश सभापति शुक्रराज शर्माले गरेका छन्। 

श्रेष्ठले गठबन्धनलाई रणनीति विषय बनाएर जानुपर्ने बताएका थिए। महामन्त्री गगन थापाका सांगठनिक प्रस्तावमाथि आलोचना गर्नेलाई महासमिति सदस्य नहुँदा पनि बोल्न दिने काम भएको गोरखाका सभापति न्यौपानेको भनाइ छ। 

न्यौपानेले श्रेष्ठलाई बोल्न दिएकोमा गण्डकी प्रदेश सभापति शर्मालाई माफी माग्न भनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .